२०८१ माघ ३, बिहिवार , ०७:३६:४४ बजे

Sajhamanch
'

एमिटीका छात्राहरुलाई आत्मरक्षा कला प्रशिक्षण

बिहिवार, असार २१, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ५ शनिश्चरेरोडमा अवस्थित एमिटी कलेजले आफ्ना छात्राहरुलाई आत्मरक्षा कला प्रशिक्षण प्रदान गरेको छ । झापा जिल्ला खेलकूद विकास समितिको सहकार्य तथा कराँते महासंघको सहयोगमा आज बिहीबार कलेज परिसरमा महिला हिंसा विरुद्ध एक दिवसीय आत्मरक्षा कला प्रशिक्षण प्रदान गरिएको हो ।

विद्यालयका प्रिन्सिपल आरएस ढकालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)को प्रमुख आतिथ्य थियो । कार्यक्रममा प्रमुख अतिथि भण्डारी र झापा जिल्ला खेलकूद विकास समितिका प्रबक्ता तथा कराँते महासंघ झापाका अध्यक्ष जगन कार्की (दुर्वासा)ले खेलकूदका फाइदाको जानकारी दिँदै छात्राहरुलाई आत्मरक्षाका बारेमा जानकारी गराएका थिए ।

कलेजका को–अडिनेटर बिनोद साहले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन एमिटी कलेजका खेल प्रशिक्षक तथा काउन्सिलिङ सुदिप खबासले गरेका थिए । प्रशिक्षण कार्यक्रममा कलेजका कक्षा १२ र बिबिएस अध्ययनरत १०० जनाभन्दा बढी छात्राहरुको सहभागिता थियो ।

छात्राहरुलाई कलेजका खेल प्रशिक्षक तथा काउन्सिलिङ सुदिप खबास, कराँते महासंघ झापा कोषाध्यक्ष रेनुका राई, झापा सदस्य एलिजा खत्री, नेशनल राष्ट्रिय कराँते खेलाडी संजिवनी कार्कीले आत्मरक्षा प्रशिक्षण दिएका थिए ।

कलेजका खेल प्रशिक्षक खवासले आत्मरक्षा कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । नर्सरीदेखि बिबिएससम्म अध्यापन हुँदै आएको सो प्रतिष्ठानमा एक हजार २०० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

सम्बन्धित खबर