२०८१ असोज ४, शुक्रवार , ०२:४९:४२ बजे

Sajhamanch
'

उद्धब थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्दै

बिहिवार, असार २१, २०८०

विराटनगर । कोशी प्रदेश सरका निर्माणका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज बिहीबार अपरान्ह मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको समर्थन लिएर थापाले आज ४ः३० बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जाने तयारी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुको आह्वान गरेका थिए । सो समयभित्रै थापाले आफ्नो दावी पेश गर्न लागेका हुन् ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार साढे ४ बजे थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने पुष्टि गरेका छन् । सभामुखसहित ४७ जना सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको अङ्बोले जानकारी गराएका छन् ।

कोशी प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थापालाई हुनेछ। तर सभामुखको नाम लिएर तत्कालका लागि संख्या पुर्याए पनि विश्वासको मत लिने क्षणमा ४७ नपुग्ने भएकाले यो राजनीतिक विषयमा पण्डितहरुको बेग्लै बहस भइरहेको पाइन्छ ।

कांग्रेसले राप्रपाको पनि समर्थन लिने प्रयास गरे पनि सफल हुन सकेन।

सम्बन्धित खबर