२०८१ माघ १२, शनिवार , ०२:१८:०५ बजे

Sajhamanch
'

फ्रान्समा दिवंगत किशोरकी हजुरआमाबाट दंगा अन्त्य गर्न अपील

सोमवार, असार १८, २०८०

फ्रान्समा प्रहरीको गोली लागी मृत्यु भएका किशोर नाहेल एमकी हजुरआमा नादियाले देशमा केही दिनदेखि जारी हिंसात्मक प्रदर्शन रोक्न अपील गरेकी छन् । आफनो नातीको मृत्युपछि भड्किएको प्रदर्शन एक बहाना मात्र भएको भन्दै उनले आफनो नातीलाई ढाल बनाएर अराजकता नफैलाउन माग गरेकी हुन् ।

गत मंगलबार यता भएका प्रदर्शनमा सरकारी र निजी भौतिक सम्पतिमा ठूलो क्षति पुर्‍याइएको छ । एमकी हजुरआमाले कलेज, विद्यालय र सवारी साधनको के कति दोष छ र तोडफोड गरियो भन्ने प्रश्न समेत गरेकी छन् । एमको हत्यामा संलग्न प्रहरीले सबै दोष आपूले लिएर प्रहरी युनिटलाई बचाएको भन्दै उनले गोली हान्ने प्रहरी कानूनी दायरामा आउनेमा आफु विश्वस्त रहेको पनि बताएकी छन् । एमकी हजुरआमा नादियाको अपीलका बावजुद फ्रान्समा छैठौं दिन पनि प्रदर्शन जारी रहेको छ । प्रदर्शन रोक्न हजारौं सुरक्षाकर्मी परिचालित छन् ।एजेन्सी

सम्बन्धित खबर