२०८१ पौष ४, बिहिवार , ०५:३१:४४ बजे

Sajhamanch
'

तीन जिल्लामा बाढीको उच्च जोखिम, यी क्षेत्रमा जलसतह बढ्ने

शुक्रवार, असार १५, २०८०

काठमाडौं । आज तीन जिल्ला आसपासका नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने आकलन गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाब उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम छ।

सुनसरी, काभ्रेपलाञ्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, बाँके भई बहने केही स-साना नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ।

जलसतह सतर्कता तह पार गर्ने र आकस्मिक बाढीको सम्भावना रहेका नदीहरूको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित खबर