२०८१ माघ ३, बिहिवार , ०२:१५:१२ बजे

Sajhamanch
'

बालबालिकालाई योजना तर्जुमा तालिम

मङ्गलवार, असार ५, २०८०

बिर्तामोड नगरपालिका वडा नं. २ मा वडास्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर २ को आयोजनामा भएको भेलाबाट बालबालिकाले आगामी वर्षको लागि बालमैत्री वडा निर्माणको योजना तर्जुमा गर्दै सम्पन्न भएको हो ।

आइतबारदेखि सुरु भएको कार्यक्रममा योजना छनोट, नेतृत्व विकास तथा बालमैत्रीका विषयमा प्रशिक्षण गरिएको थियो ।

जिल्ला बाल संजाल झापाका अध्यक्ष अभिषेक मिश्र, अश्लेसा कँडेलले योजना तर्जुमाको सहजीकरण गरेका थिए । बालबालिकाको मानसिक विकास तथा क्षमतालाई सहयोग पुर्याउदै बालमैत्री वातावरण निर्माण गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

पवित्रा पौडेलले सहजीकरण गरेको कार्यक्रममा वडाभित्र संचालित ८ वडा सामुदायिक तथा संस्थागत विद्यालयमा रहेका बाल क्लबको सहभागिता रहेको थियो ।

उज्यालो चारपाने बाल क्लबका अध्यक्ष एलिना तिम्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष किशोरकुमार पौडेलले बालबालिकाका हरेक समस्याको समाधान गर्दै बालमैत्री वडा निर्माणमा जुट्न आग्रह गरे ।

उनले बालबालिकाका सवालमा जिम्मेवार बन्न आग्रह गर्दै भावी नेतृत्व स्थापित गर्न बालबालिकालाई लगानी गर्न वडा कार्यालय तयार रहेको बताए ।

कार्यक्रममा मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, सहभागी सगिना लावती, एलिजा भट्टराई, सुरज पौडेल लगायतले तालिम उपलब्धिमुलक भएको बताए ।

सम्बन्धित खबर