२०८१ असोज ३, बिहिवार , ०४:३३:०८ बजे

Sajhamanch
'

बीमा गरेको ४ महिनामै मृत्यु, महालक्ष्मी लाइफले गर्यो मृत्युदावी भुक्तानी

मङ्गलवार, जेठ ३०, २०८०

इटहरी । महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी कार्यार्लयले बीमा गरेको चार महिना मै निधन भएकी एक बीमितको परिवारलाई ५ लाख १२ हजार रुपैयाँको मृत्युदावी भुक्तानी गरेको छ ।

महालक्ष्मी लाइफमा ५ लाख रुपैयाँको सावधिक बीमा गरेकी कटहरी गाउँपालिका वर्डा नं. ३, मोरङकी सीता कुमारी चौधरीको ४ महिना पछि नै निधन भएको थियो । उनका परिवारलाई बीमा कम्पनीले इटहरी कार्यालयमा बोलाएर ५ लाख १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बीमा कम्पनीको इटहरी कार्यलयमा सञ्चालन भइरहेको अभिकर्ता प्रशिक्षण कार्यक्रममा स्वर्गीय सीताकुमारीका श्रीमान महेशप्रसाद चौधरीलाई आमन्त्रण गरी कम्पनीका कोशी प्रदेश उपक्षेत्रीय प्रबन्धक गुन्जन थापाले ५ लाख १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

मृत्युदावी वापतको चेक लिँदै बिमित मृतक सीताकुमारीका श्रीमान महेशले श्रीमतीले बुढेसकालमा काम दिने गरी बचत हुन्छ र जीवन सुरक्षामा पनि काम लाग्छ भनेर बीमा गरेको सुनाए । बीमाले मान्छेको ज्यान बचाउन त सक्दो रहेनछ तर उसको मृत्युपछि परिवारमा आइपर्ने आर्थिक बोझ कम गर्न सहयोग गर्ने रहेछ भन्ने धारणा राखेका थिए ।

‘आज उनले छोडेर गए पनि, उनको बुढेसकालमा बीमाको पैसा चलाउन नपाए पनि मेरो बुढेसकालको लागि काम लागेको छ । बीमा भनेको खुसी र दुःखी हुँदा पनि नजिकको साथी रहेछ’ चौधरीले भनेका थिए ।

मृत्युदावी भुक्तानी कार्यक्रममा कम्पनीका कोशी प्रदेश उपक्षेत्रीय प्रबन्धक थापाले बीमाको महत्व बुझाएका थिए । कम्पनीसँग सरल लागतमा प्राप्त हुने सावधिक बीमा, एकपटक मात्र पैसा तिरे पूरै पैसा आउने लगानी फिर्ता बीमा योजना लगायत ४०० प्रतिशतसम्म जोखिम बहन गर्ने पेन्सनसहितका बीमा योजनाहरु महालक्ष्मीसँग रहेको जानकारी गराए ।

महालक्ष्मी लाइफका देशैभरी ६४ वटा शाखा सन्जाल रहेको जनाउँदै उपक्षेत्रीय प्रबन्धक थापाले यही साउन १ गतेबाट प्रभु लाइफसँग एकीकरण गरी प्रभु महालक्ष्मी लाइफको नामबाट कारोबार सञ्चालन हुने पनि जानकारी गराए ।

सम्बन्धित खबर