२०८१ माघ ३, बिहिवार , ०४:०५:२४ बजे

Sajhamanch
'

भद्रपुर नगरको आवधिक योजना सम्बन्धि दुई दिने तालिम

सोमवार, जेठ २९, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले आवधिक योजना र मध्यकालिन खर्च संरचना निर्माण सम्बन्धी जनप्रतिनिधि तथा सरोकारवाला कर्मचारीलाई दुई दिने तालिम प्रदान गरेको छ ।

विकसित तथा उन्नत नगरका लागि निर्माण हुनुपर्ने योजनाका लक्ष्य निर्धारण गर्दै प्रष्ट गन्तव्यका साथ मध्यावधी खर्च संरचना बारे जानकारी राख्न सक्ने सरोकारवाला निर्माण गर्न तालिम आयोजना गरिएको जनाइएको छ ।

तालिमको सहजीकरण राष्ट्रिय योजना आयोगका निर्देशक यदुनाथ आचार्य, योजना अधिकृत रमेश पराजुली र बविता भट्टराईले गरिरहेका छन् । भद्रपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधि, विभागीय प्रमुख तथा शाखा प्रमुखहरू तालिममा सहभागी भएका छन् ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले समृद्ध भद्रपुर नगर निर्माण गर्न बनाइने योजनाहरू प्रभावकारी बनाउनका लागि तालिम फलदायी हुने विश्वास राखे । उनले राज्यले तोकेका १२ वटा सूचक भित्र रहेर कार्यान्वयन योग्य योजना निर्माण गर्न सरोकारवाला सफल हुने बताए ।

नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको तालिममा नगर उपप्रमुख राधा कार्की, भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगानाले मन्तव्य राख्दै भद्रपुरको उन्नतिका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।