२०८१ असोज ४, शुक्रवार , ०८:२४:४४ बजे

Sajhamanch
'

श्रीमाविका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिए

शनिवार, जेठ २०, २०८०

विराटनगर । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नं. २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् ।

आज बिहान ६:५० बजेतिर विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल भेटिएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दिएको जानकारी अनुसार आज बिहानै विद्यालय जान्छु भनेर ढकाल घरबाट हिँडेको खुलेको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ ।

गम्भीर अवस्थाका लेखापाल ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर