२०८१ माघ ६, आइतवार , ०१:१०:३७ बजे

Sajhamanch
'

शिवसताक्षी ९ का कृषकलाई अनुदान, कृषिजन्य उत्पादनका लागि आवश्यक सामाग्री वितरण

शुक्रवार, जेठ १२, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ ले वडाका कृषकहरुलाई अनुदान स्वरुप कुखुरा, बुँगुरको दाना, चल्ला, मौरीको घार वितरण गरेको छ ।

स्थानीय शिव प्राथमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १० लाख ५० हजार बराबरको कुखुराको दाना, बाख्रा, गाई भैसीलाई ओछ्याउने म्याट लगायतका सामाग्री वितरण गरेको हो ।

वडामा मै च्याउ खेती गर्दै आएका नारायण दाश तिम्सिनालाई च्याउको विउ वितरण गरिएको छ । त्यस्तै लियर कुखुरा, बइलर कुखुरा, कुखुराको चल्ला र बगुर पालक २७ जना कृषकलाई ७९ बोरा दाना वितरण गरेको छ ।

त्यसैगरी वडाका साना कृषकलाई २ इन्च र १ इन्चको १२ जनालाई सिचाईको मोटर वितरण गरिएको वडा नं. ९ को कार्यालयले जनाएको छ ।
वडाका सबै खालका कृषकलाई समेट्दै वडाले ४ कृषकलाई मौरीको घार वितरण गरेको छ। त्यसै गरी ६ जना गाई पालन र १ जना भैसी पालन कृषकलाइ २८ थान गाई भैसीलाई ओछ्याउने म्याट वितरण गरिएको वडा सचिव नवराज घिमिरेले जानकारी दिए । वडाका २ माछा पालन कृषलाई माछाका भुरा वितरण वितरण गरिएको थियो ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङ्गहाङ, तथा प्रशासन प्रमुख डिल्ली नेपालले वितरण गरेका थिए ।
कृषि पेशामा लागेका वडाबासीहरुको कृषि उत्पादनलाई बृद्धि गर्न त्यसमा आवश्यक सामाग्री वितरण गरिएको वडाध्यक्ष डिल्लीलाल फेम्बुले जानकारी दिए । हामीले पारदर्शी भएर काम गरेका छौं । उनले भने, वडाबासीहरुको घर घरमा गएर उनीहरुले सञ्चालन गरेका फर्मको निरिक्षण गरी उक्त सामाग्रीहरु वितरण गरेका छौ ।

त्यस्तै कार्यक्रममा शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङ्गहाङ्गले कुखुराको चल्ला, दाना, मौरीपालन कृषकलाई मौरीको घार लगायतका सामाग्रीहरु महँगो हुँदै गएको अवस्थामा वडा शिलिङ्ग बजेटबाट यस्ता सामाग्री वितरण गरेर कृषकलाई सोझै लाभ पाएको बताए । कृषि पेशामा एउटा कठिन पेशा हो । उनले भने, यसलाई कमाउने भन्दा पनि पछिल्लो समय टिकाउन ग्राहो भएको छ । नगरले पनि आगुरुप कृषकहरुलाई पहिचान गरी विभिन्न समय कृषिमा राहतको कार्यक्रमहरु ल्याउने गरेको उनले बताए ।

कार्यक्रममा  शिवसताक्षी ९ की वडा सदस्य रुका ढकालले स्वागत मन्तव्य राखेकी थिइन् । शिवसताक्षी नगरपालिका प्रशासन प्रमुख डिल्ली नेपालले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव नवराज घिमिरे गरेका थिए ।

सम्बन्धित खबर