२०८१ मंसिर १०, सोमवार , ०२:२१:३७ बजे

Sajhamanch
'

कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा मन्त्र थकाली टिम लञ्च हुने

बिहिवार, जेठ ४, २०८०

बिर्तामोड । प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बिर्तामोडको एउटा होटलले आफ्नो टिम बनाएर खेल्ने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बिटिएम मन्त्र थकाली टिम लञ्च हुने भएको हो ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिटिएम मन्त्र थकालीले आफ्नो टिम पनि घोषणा गरेको छ । होटल सञ्चालक उमेश खरेलले प्रेस विज्ञप्ती वाचन गर्दै प्रथम कर्पोरेट सुपर सिक्स क्रकेट प्रतियोगितामा पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमले पनि आफ्नो टिमबाट खेल्ने बताए । आलमले बिटिएम मन्त्र थकाली टिमको प्रतिनिधित्व गर्दै ११ नम्बर जर्सीमा खेल्ने खरेलले जानकारी दिए ।

सो पत्रकार सम्मेलनमा आलमको जर्सी पनि सार्वजनिक गरेको छ । आलमले ११ नम्बरको जर्सी लगाएर कर्पोरेट सुपर सिक्स क्रकेट खेल्ने छन् ।

बिटिएम मन्त्र थकालीका तर्फबाट खेल्ने खेलाडीको नाम टिम कप्तान सुरज खड्का सार्वजनिक गरेका छन् । थकालीबाट आलमसहित कप्तान खड्का, नृत्य खडोलिया, अभ्यास तिम्सिना, रुपनारायण श्रेष्ठ, फिर्दोस अन्सारी, दिपक काफ्ले र उमेश खरेल मैदान उत्रिने छन् ।

झापाको बिर्तामोडमा यही जेठ ६ गतेदेखि प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुँदैछ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा २० वटा टिमले भाग लिने जनाइएको छ । प्रतियोगितामा बिर्तामोड नगरभित्रका व्यावसायिक तथा सामाजिक संस्था सहभागी हुने जनाइएको छ।

सम्बन्धित खबर