![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Untitled-design-1-1.png)
झापा । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ ।
आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश नलेखेको आरोपमा उनी बर्खास्त भएका हुन् ।
सदस्य सचिव वाग्लेलाई दुईपटक स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो उत्तर नआएको भन्दै बर्खास्त गरिएको हो ।