२०८१ फागुन २८, बुधवार , १०:५०:४९ बजे

Sajhamanch
'

प्रहरी हिरासतको शौचालयमा लडेर आङटावा घाइते

मङ्गलवार, जेठ २, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आङटावा शेर्पा हिरासतकै शौचालयमा लडेर घाइते भएका छन् । आज मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको प्रहरीले जनाएको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको एसपी सीताराम रिजालले बताए ।

‘उहाँ एक्कासि शौचालयमा लड्नुभयो । उपचार गराएर ल्याइसकेका छौँ । अहिले परिसरमै बयान दिइरहनु भएको छ’ उनले भने ।

सम्बन्धित खबर