२०८१ पौष ९, मङ्गलवार , ०५:३५:४९ बजे

Sajhamanch
'

बुटवलबाट फरार रायमाझी काठमाडौंमा पक्राउ

आइतवार, वैशाख ३१, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त टोपबहादुर रायमाझी आज साँझ बुढनिलकण्ठबाट पक्राउ परेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि फरार थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।

सम्बन्धित खबर