झापा । पहिलो हुने निर्वाचिन हुने मतदानको विधिबाट नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्ष चयन गरिएको छ ।
नेपाल प्रेस युनियन झापाको दशौं जिल्ला अधिवेशबाट निवर्तमान उपाध्यक्ष गिरिराज भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका तीनजना उम्मेद्वारमध्ये निकटतम् प्रतिष्पर्धी राजेन्द्र गौतमले ५२ मत प्राप्त गरे भने मनकुमार शर्माले एक मत प्राप्त गरेका थिए ।
युनियनको उपाध्यक्षद्वयमा इश्वर अधिकारी र सविना लिम्बू चयन भएका छन् भने सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जशोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई सवसम्वत चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा अनुषा चुडाल, विष्णु श्रेष्ठ, जोष्ना श्रेष्ठ, तुलसीप्रसाद निरौला, देवेन्द्र प्रसाई, विष्णुप्रसाद पौडेल, रञ्जित परियार, युवराज रेग्मी, कौशल भण्डारी, शान्ति सुब्बा, रणदेव हजाम, तलु वास्के र पोषराज कटुवाल चयन भए ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा बिर्तामोडमा भएको दशौं जिल्ला अधिवेश उद्घाटका अवसरमा चार जना पत्रकारहरु पुरस्कृतसमेत भएका छन् ।
पुरस्कृत हुने पत्रकारहरुमा खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कारबाट दमकका पत्रकार विष्णु सुब्बा, खगेन्द्र कार्की स्मृति प्रोत्साहन पुरस्कारबाट बिर्तामोडका अर्जुन राजवंशी, टंकप्रसाद रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट वेणुप्रसाद अधिकारी र रमादेवी टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट लीला अनमोल पुरस्कृत भएका हुन् । उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो ।