२०८१ पौष ५, शुक्रवार , ०६:२०:३० बजे

Sajhamanch
'

विपन्न समुदायलाई रेडियो वितरण

आइतवार, वैशाख ३१, २०८०

मुग्लिन । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ।

पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ। रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरे। आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत-संगीत, समाचार सुन्न पाउने भइयो भन्दै उनले गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिए।

सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले यस आर्थिक वर्षमा मात्र एक सय रेडियो वितरण गर्दैछ। सातवटै वडाका अति विपन्न र सूचनाको पहुँचमा नभएका गाउँपालिकाका नागरिकलाई रेडियो वितरण गरिने उनको भनाइ छ।

अध्यक्ष गुरुङले भने, ‘सूचना पाउनु नागरिकको अधिकार हो, कोही पनि नागरिक सूचनाको पहुँचबाट टाढा बस्नु हुँदैन, यहाँका कतिपय नागरिक मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँचमा छैनन्, ती नागरिकलाई सूचनाको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो।’

यहाँका ग्रामीण भेगमा सूचनाका लागि उपयुक्त माध्यम रेडियो भएको उनको भनाइ छ।

देशविदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवं सूचना जानकारी दिन तथा रेडियो सुन्ने बानीको विकास हुने अध्यक्ष गुरुङको विश्वास छ। रेडियो सुन्ने बानीको विकाससँगै रेडियोबाट प्रसारण हुने जनचेतनामूलक सूचना कार्यक्रमले नागरिकमा चेतनाको विकास हुने उनको भनाइ छ।

सम्बन्धित खबर