२०८१ माघ ३, बिहिवार , ०८:४६:४१ बजे

Sajhamanch
'

एनएमसीद्वारा अभिभावकत्व तालिम प्रदान

बुधवार, वैशाख २७, २०८०

झापा । युवा सदस्यका माझमा विगतदेखि नै कार्यक्रमहरु सञ्चालन गर्दै आएको एनएमसीले यसपटक बैशाख २४ र २५ गते अभिभावकत्व कला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैशाख २४ गते झापाको कुञ्जीबारी र बैशाख २५ गते मोरङको बेलबारीमा सम्पन्न कार्यक्रमको आयोजना संस्था अन्तर्गतको युवा सरोकार उपसमितिले गरेको हो ।

संस्थाका कुञ्जीबारी र बेलबारी सेवाकेन्द्रले सम्बन्धित स्थानमा सम्पन्न कार्यक्रमको स्थानीय व्यवस्थापन गरेका थिए । दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न कार्यक्रमको सहजीकरण लेखक तथा उत्पे्ररक तुलसी निरौलाले गरेका हुन् ।

१५० जनाभन्दा बढी सहभागीहरुलाई सहजकर्ताले बालबालिका हुर्कने वातावरण, उनीहरुको रुची, रुचीसँग सम्बन्धित अभिभावकको जिम्मेवारी विषयमा सहजीकरण गरेका थिए ।

वर्तमान समयमा अभिभावकको व्यवस्तताका कारण बालबालिका प्रविधिको कुलतमा फसेको उनको तर्क थियो । कुञ्जीबारीमा भएको कार्यक्रममा संस्थाको सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरेको विशेष उपस्थिति रहेको थियो ।
युवा सरोकार उपसमितिका सदस्य टिका पौडेल ढुंगानाले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् ।

बेलबारीको कार्यक्रममा एकाइ उपसमिति संयोजक चूडामणि अधिकारीले शाब्दिक स्वागत गरेका थिए भने सञ्चालन मोरङ क्षेत्रीय प्रमुख होमनाथ मैनालीले गरेका थिए । दुवै कार्यक्रमको अध्यक्षता उपसमिति संयोजक एकेन्द्र उप्रेतीको रहेको थियो ।

सम्बन्धित खबर