२०८१ असोज ४, शुक्रवार , ०८:००:४८ बजे

Sajhamanch
'

पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ गएका पराजुली मृत अवस्थामा भेटिए

मङ्गलवार, वैशाख २६, २०८०

अर्जुनधारा । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि झापाको अर्जुनधारा ५ बाट गएका लोकप्रसाद पराजुली मृत अवस्थामा भेटिएका छन् ।

पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि उत्तरतर्फको जङ्गलमा पराजुलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मन्दिर दर्शन गर्न जाने क्रममा शुक्रबार बिहानको रातिदेखि बेपत्ता भएका पराजुलीको शव आज बिहान फेला परेको हो ।

मानसिकरुपमा सामान्य अस्वस्थ रहेका ६० वर्षीय पराजुली मंगलबार बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिएका हुन् ।

एसपी लिम्बुका अनुसार भरियालाई बोकाएर उनलाई मन्दिरको दर्शन गर्न लगिँदै थियो । बीच बाटोमा उनी पिसाब फेर्न भन्दै निस्किएका थिए तर सोही समयदेखि नै बेपत्ता भएकाले खोजी सुरु गरिएको थियो । पिसाब फेर्न निस्किएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको प्रहरीको भनाई छ ।

अर्जुनधाराबाट श्रीमती, छोरा, बुहारी, नातिनी र आफन्तसहित पाथीभरा दर्शन गर्न गएका पराजुली माथिल्लो फेदीस्थित एक होटलमा बास बसेका थिए । शारीरिक अस्वस्थताका कारण उनलाई भरियामार्फत मन्दिरतर्फ लगिएको परिवारले जनाएका छन् ।

पराजुलीको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमोर्टमा पठाइने र परिवारलाई जिम्मा लगाइने ताप्लेजुङ प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर