२०८१ असोज ३, बिहिवार , १०:४१:३८ बजे

Sajhamanch
'

इलाममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

शुक्रवार, वैशाख २२, २०८०

सूर्योदय (इलाम) । इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजार नजिकै माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ ।

फिक्कलका विनोद श्रेष्ठको घर बनाउने क्रममा आज दिउँसो माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा भारत विहार किसनगन्जका तोसिब आलम, अजी मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् ।

सम्बन्धित खबर