२०८२ असोज २६, आइतवार , ०५:१६:४४ बजे

Sajhamanch
'

विद्यार्थीलाई रुचि अनुसारको कला सिकाउँदै बिर्तामोडको न्यूटन्स् एकाडेमी

बुधवार, वैशाख १३, २०८०

बिर्तामोड । नगर क्षेत्रकै नमूना र उत्कृष्ट विद्यालयको रूपमा स्थापित न्यूटन्स् एजुकेशन एकेडेमीले समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको छ ।

विद्यार्थी तथा अभिभावकको उत्कृष्ट रोजाइको शैक्षिक गन्तव्यको रुपमा स्थापित न्यूटन्सले विद्यालयमा बालमैत्री तथा शैक्षिक रचनात्मक गतिविधिहरु मार्फत बाल मनोविज्ञानका आधारमा पठनपाठन गर्दै आएको पाइन्छ ।

बालबालिकालाई यस वर्षबाट उनीहरुको रुचि अनुसारको कला सिकाउन थालिएको विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए । कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई विद्यालयमै हप्ताको एकदिन अतिरिक्त क्रियाकलाप अन्तर्गत कराते, नृत्य, गायन, चित्रकला र उद्घोषण जस्ता क्रियाकलाप मार्फत विद्यार्थी लाई थप रचनात्मक बनाउँदै लगिएको प्रधानाध्यापक हुमागाईले बताए ।

किताबी ज्ञानले मात्र बालबालिकालाई पूर्ण नहुने र उनीहरुको आन्तरिक क्षमता वृद्धि गर्न विद्यार्थीको रुचि अनुसारको कक्षा संचालन गरिएको बताइएको छ । विश्व रंगमञ्चमा युवापुस्ताको क्रेज र आधुनिक संचारको प्रयोगसँगै बालबालिकामा भएका प्रतिभालाई व्यावसायिक बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको बताइएको छ।

स्थानीय क्षेत्रमा रहेका प्रशिक्षकमार्फत विद्यार्थीको अन्तर क्षमतालाई विकास गर्न सहयोग पुग्ने भएकाले कार्यक्रम प्रभावकारी हुने विद्यालयले जनाएको छ ।

करिब १५ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा यातायात खाजाघर, खेल मैदान लगायतका सुविधा सम्पन्न भवन र बालमैत्री वातावरणमा पठनपाठन हुने भएकाले अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो मात्रामा रहेको प्रधानाध्यापक हुमागाईले बताए ।

सम्बन्धित खबर