२०८१ असोज ३, बिहिवार , १२:५२:५१ बजे

Sajhamanch
'

आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश

बुधवार, वैशाख १३, २०८०

बिर्तामोड । आयोजक ‘अल इन वान’ क्लब प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्रज्योति माविको मैदानमा भएको खेलमा आयोजकलाई जित दिलाउन २१औं मिनेटमा लक्ष्मी श्रेष्ठ पहिलो गोल गरिन् । त्यस्तै २८औं र ४८औ मिनेटमा सविता मगरले थप २ गोल गरिन् ।

यस्तै आयोजकका लागि अनिता लम्जेलले खेलको ५३औ मिनेटमा चौथो गोल गरिन् । उसका लागि ५औं गोल खेलको इन्जुरी समयमा मेनुका मगरले गरेकी थिइन् ।

खेलमा मोरङले एक गोल फर्काएको थियो । उसका लागि ४९औं मिनेटमा बिष्णु संवाहाम्फेले एक गोल गरिन् ।

आजको खेलमा आयोजककी सविता मगर ‘प्लेयर्स अफ दि म्याच’ घोषित भइन् । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगितामा भोलि बिहीबार नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

बिहीबारको खेलको विजेतासँग आयोजक ‘अल इन वान’ले १६ गते शनिबार फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छन् ।

सम्बन्धित खबर