बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दशनामीहरुका कूलगुरु शंकराचार्यको १२३५औं जन्मजयन्ती मनाएको छ ।
नगर समितिले सोमबार बिर्तामोडमा कूलगुरु शंकराचार्यको तस्वीरमा फूलगुच्छा अर्पण गरेर जन्मजयन्ती मनाएको हो । सो कार्यक्रमका बीच नगर समितिका अध्यक्ष अर्जुन गिरीले नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेका थिए ।
बैठक र समवेदना कार्यक्रममा सबैभन्दा धेरै उपस्थिति हुने नगरका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरी, समवेदना कार्यक्रममा सबैभन्दा धेरै उपस्थित हुने नगर सचिव उद्धव पुरी, नगर कोषाध्यक्ष खड्गराज गिरी र समितिको बैठकमा दोस्रो उपस्थितिका रुपमा नगर सदस्य घनश्याम गिरीलाई मायाको चिनोसहित नगर अध्यक्ष अर्जुनले ब्यक्तिगत रुपमा सम्मान गरेका हुन् ।
नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज कोशी प्रदेशका पूर्व अध्यक्ष तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि गिरीले सम्बोधन गर्दै दशनामीहरुले एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
नगर समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरीले शाब्दिक स्वागत गरेको कार्यक्रममा समाजसेवी आशिष बनले आफ्नो धारण राखेका थिए । सोही कार्यक्रमले बनलाई नगरको सल्लाहकारमा समेत नियुक्त गरेको छ ।
कार्यक्रममा नेपाल दशनामी समाज कोशी प्रदेशका उपाध्यक्ष शारदा गिरी लगायत अग्रज बन्धुहरुको विशिष्ठ आतिथ्य थियो ।