२०८१ माघ २०, आइतवार , ०५:४७:४८ बजे

Sajhamanch
'

परराष्ट्रमन्त्री साउदसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

आइतवार, वैशाख ३, २०८०

काठमाडौँ। नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहार्द्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।

राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। मन्त्री साउदले आजै मात्र नियुक्त भई पदभार सम्हालेका हुन्।

सम्बन्धित खबर