२०८१ माघ २१, सोमवार , ०२:५६:३४ बजे

Sajhamanch
'

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीसहित वर्षाको सम्भावना

शनिवार, वैशाख २, २०८०

काठमाडौँ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। राति देशका पहाडी भू(भागका एक९दुई स्थानमा भने मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खबर