अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगालले उद्घाटन गरेको तालिममा ५० जना किसान सदस्यहरुको सहभागिता रहेको थियो । पशु स्वास्थ्य विज्ञ कैलाशप्रसाद सिंह र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका कार्यालय बिर्तामोडका प्रमुख सुवास गौतमले सहजीकरण गरेका थिए ।
तालिममा सहभागीहरुलाई घाँसको बिउसहित मिनरल मिक्सचर (पशु आहारा खुराक) वितरण गरिएको संस्थाका मुख्य प्रबन्धक गोपीकृष्ण लुइँटेलले जानकारी दिएका छन् ।