२०८१ माघ ११, शुक्रवार , १०:३१:०३ बजे

Sajhamanch
'

सहारा नेपाल साकोसको बिर्तामोड शाखाद्वारा स्थापना दिवसमा रचनात्मक कार्यक्रम

सोमवार, चैत २७, २०७९

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड सेवा केन्द्रले संस्थाको २८औं स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक कार्य गरेको छ ।

आज सोमबार बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई ट्राफिक सचेतनामुलक सामग्री हस्तान्त्ररण गरेको हो । ट्राफिकलाई सन्देशमुलक होर्डिङ बोर्ड लगायतका सामग्री प्रदान गरिएको हो ।

उक्त सामग्रीहरु ग्रहण गरेपछि ट्राफिक प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीले सहारा नेपालको यो सहयोगले आफूहरुलाई काम गर्न हौसला थपिएको बताउँदै सबै संघ–संस्थाहरुबाट प्रहरीसँग हातेमालो गरेर नै सामाजिक सद्भाव र अमनचयन कायम रहने बताए ।

बिर्तामोड सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक कृष्ण थापाको सभापतित्व तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईंको प्रमुख आथित्यमा कार्यक्रम गरिएको थियो । सो कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संस्थाका अनुगमन अधिकृत घनश्याम रायले सहकारी संस्थाहरुमा तरतला अभावका कारण केहीमा समस्या आएको भए पनि सहारा नेपाल मजवुत रहेको बताए ।

संस्थामा हाल १६ अर्ब रुपैयाँको वासलात बनाइएको अवगत गराउँदै संस्थामा अहिले २ अर्ब ५० करोड नगद मौज्दात भएकोले कुनै जोखिम नरहेको अधिकृत रायाको भनाई छ ।

सहारा नेपाल सामाजिक कार्यमा पनि अग्रसर रहेको जनाउँदै सदस्यप्रतिको दायित्वलाई सदैव शिरोधार्य गर्ने उनले बताए । सोही कार्यक्रमका बीचमा गत पौषमा निधन भएका गणेश अधिकारीको परिवारलाई संस्थाले तीन लाख रुपैयाँ राहात रकमसमेत हस्तान्तरण गरिएको थियो ।

बिर्तामोड सेवा केन्द्रका सदस्य सोम नेम्वाङले आफ्नो कार्यालयका गतिविधिहरुको बारेमा प्रकाश पारेको कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख लक्ष्मी रिजालले गरेकी थिइन् ।

सम्बन्धित खबर