२०८१ माघ ३, बिहिवार , ०३:४३:१८ बजे

Sajhamanch
'

जन्म दिनमा भिमलेका ५० जना विद्यार्थीलाई विद्यालय पोशाक

आइतवार, चैत २६, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको भिमले आधारभूत विध्यालयका ५० जना विद्यार्थीका लागि एक महिलाले पोशाक हस्तान्तरण गरेकी छन् ।

प्रथम पाइला अभियानका अध्यक्ष मिनु ओली लोहनीले आफ्नो जन्म दिनको अवसर पारेर आज विद्यालयमा नै विशेष कार्यक्रमको आयोजना गरी थान कपडा विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । सुगम जिल्ला भनेर चिनिने झापाको दुर्गम स्थान भिमलेको उक्त विद्यालयमा विद्यार्थीको संख्या पनि घट्तै गएको छ ।

बालबालिकाका लागि पोशाकको प्राप्तीले विध्यालय तथा अभिभावक उत्साहित भएको पत्रकार राजकुमार ओलीले बताएका छन् । आफ्नो जन्मदिनमा समाजका लागि सानो भए पनि काम गर्न पाएकोमा गौरव गर्दै लोहनीले सबैको लागि यस्तो कार्य प्रेरणा बन्नुपर्ने अपेक्षा रोखेकी थिइन् ।

आफ्नो टोल, वडा र नगरबाट परिर्वतनको विजारोपण गर्न पनि आफूले यसरी भिमलेमा आएर जन्मदिन मनाएको ओलीको भनाई थियो ।

अर्जुनधारा १ मा २०३५ सालमा स्थापना गरिएको भिमले आधारभूत विध्यालयमा यो वर्षको अन्तिम परीक्षामा १०९ जना विध्यार्थी सहभागी रहेको विद्यालयले जनाएको छ । टाङटिङ र नेते खोलाको किनारमा रहेको सो विद्यालय भिरदेखि खोला कटानसम्मको जोखिमका कारणले विध्यार्थीहरुको आकर्षण घटेको तथा गरिवीपनले पनि असर गरेको बताइएको छ ।

अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आथित्यमा आयोजित पोशाक हस्तान्तरण कार्यक्रममा अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अभियानकर्मी दिपा खरेललगायतले मन्तब्य राख्दै जन्मदिनमा रचनात्मक काम गरेकोमा ओलीलाई बधाई दिएका थिए ।

सम्बन्धित खबर