२०८१ मंसिर ९, आइतवार , ०४:३०:५४ बजे

Sajhamanch
'

बिर्तामोड नगर अस्पताललाई दाताको सहयोग जुट्तै

मङ्गलवार, चैत ७, २०७९

बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ ।

फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान मेडिसिन ट्रली (क्रास कार्ट) सहयोग गरेको हो ।

मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई ९० हजार रुपैयाँ मूल्य पर्ने ती ट्रलीहरु हस्तान्तरण गरेका हुन् ।

बिर्तामोड नगर अस्पताल सञ्चालनमा सहजताका लागि विभिन्न सहयोगी संघ–संस्थाहरुबाट स्वास्थ्य सामग्री तथा उपकरण सहयोग उपलव्ध हुँदै आएको छ ।

यसअघि रोटरी क्लब बिर्तामोडले ६ वटा डायलासिस मेसिन अस्पताललाई सहयोगस्वरुप प्रदान गरेको थियो ।

सम्बन्धित खबर