२०८१ माघ २४, बिहिवार , ०१:४५:५० बजे

Sajhamanch
'

कांग्रेस नेता तथा संविधान सभा सदस्य बिमलीको निधन

मङ्गलवार, चैत ७, २०७९

झापा । नेपाली कांग्रेसका नेता, तत्कालीन संविधान सभाका सदस्य गणेशप्रसाद बिमलीको निधन भएको छ ।

करिव २० दिन पहिले छातीको एक्सरे गर्दा सानो दाग देखिएपछि अर्वुद रोगको आशंकामा उपचारको लागि उनलाई भारतको नयाँ दिल्ली लगिएको थियो। महात्मा गान्धी क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण पछि फोक्सोमा क्यान्सर भएको निश्कर्षसहित उपचार भइरहेको थियो।

भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि संक्रमण शरीरभर फैलिएका कारण बचाउन नसकिने ठहर गरेर अस्पतालले विदा दिएपछि बिमलीलाई एम्बुलेन्समा राखेर सोमबार साँझ नयाँदिल्लीबाट घर ल्याइँदै गरेको बिमली बन्धु समाजका महासचिव सरोजकुमार बिमलीले बताए ।

तत्कालीन संविधान सभाका सदस्य एवम् बिमली बन्धु समाजका संरछ्यक रहेका गणेशप्रसादको बाटोमा नै देहावसान भएको खबर कांग्रेसका नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।


संविधान सभा सदस्य सुधिरकुमार सिवाकोटी, इलामका कांग्रेस नेता हिमालय कर्माचार्यलगायतले बिमलीको नाममा श्रद्धाञ्जली लेखेका छन्। गणेशप्रसाद तेह्रथुम जिल्लाका पूर्व कांग्रेस सभापति पनि हुन् ।

समाजका महासचिव सरोजकुमारका अनुसार आज रात साँझ उनको शव बिर्तामोड घर ल्याई पुर्याइनेछ । स्वर्गीय गणेशप्रसादको भोलि दिउँसो १ बजे कनकाई माईमा अन्तिम संस्कार गरिने बिमलीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर