२०८१ पौष ७, आइतवार , ०८:४८:३९ बजे

Sajhamanch
'

तिमिल्सिना र शर्माबीच शिष्टाचार भेट, दुई देशको सम्बन्धका बारेमा छलफल

सोमवार, चैत ६, २०७९

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच सिंहदरबारमा शिष्टाचार भेट भएको छ।

भेटका क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बेलायतले सरकार नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले बेलायती संसदको सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको र सो बारे बेलायती सांसदलाई समेत स्मरण गराएको जनाइएको छ ।

नेपाल र बेलायतबीच शान्ति तथा मैत्री सन्धि भएको १०० वर्षको अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रममा बेलायती संसदको सभामुखलाई प्रमुख अतिथिको रुपमा नेपालमा स्वागत गर्न चाहेको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बताए ।

उक्त भेटमा बेलायती सासंद शर्माले बेलायतबाट छिट्टै उच्च स्तरीय राजनीतिक भ्रमण हुने जानकारी गराए ।

बेलायत लगायत युरोपेली आकाशमा नेपाली वायुसेवाको उडान प्रतिबन्ध फुकुवाको पहल गर्न तथा नेपाल–बेलायत सिधा हवाई उडानको व्यवस्थाका लागि समेत सांसद शर्मा समक्ष अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका थिए ।

उनले व्रिटिस गोर्खाका सबाल, पर्यटन प्रवर्द्धन, पूर्वाधारमा लगानी, सीप विकास, नेपाली विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था लगायतका विषयमा निरन्तर सहयोगको अपेक्षा गरेका थिए । साथै, दुवै देशका संसदहरुबीच संसदीय अभ्यासहरुको आदानप्रदानका बारेमा समेत छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर