२०८१ माघ १३, आइतवार , ०८:५१:०३ बजे

Sajhamanch
'

अब्यवस्थित बसोबासीको जग्गादर्तामा राजश्व घटाउन झापा कांग्रेसको माग

शुक्रवार, चैत ३, २०७९

झापा । नेपाली कांग्रेस झापाको बिहीबार सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाई जग्गा दर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ ।

कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले उक्त निर्णय गरेको हो । अब्यवस्थित बसोबासीको एक परिवारलाई एक कठ्ठासम्म जग्गाको लालपूर्जा उपलब्ध गराउँदा निःशुल्क र त्यसभन्दा माथि भए सरकारी मूल्यको ५ प्रतिशत राजश्व लिन सरकारसँग माग गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

बैठकले स्वतन्त्र विद्यार्थी युनियनको यही चैत ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेद्वारहरुलाई विजयी गराउन तमाम विद्यार्थी र पार्टीका जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य र तहगत समितिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै मतदान गर्ने सांसदहरु र पौडेललाई उम्मेद्वार बनाएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिने निर्णय गरेको सचिव हुमागाईले बताए ।

सम्बन्धित खबर