२०८१ पौष ७, आइतवार , ०४:०९:५८ बजे

Sajhamanch
'

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, भण्डारीले छाडिन् शितल निवास

सोमवार, फागुन २९, २०७९

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज सोमबार दिउँसो १ बजे शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट आज विदा भएकी छन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारी सवार हुने गाडीसम्मै पुगेर उनलाई विदा गरेका हुन् ।

सम्बन्धित खबर