२०८१ असोज ३, बिहिवार , ०१:३५:४६ बजे

Sajhamanch
'

बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता

आइतवार, फागुन २८, २०७९

झापा । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ ।

फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाउने बताइएको छ ।

प्रतियोगिताका विजता टिमले नगद ५० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै द्वितीय हुने टिमले ३० हजार र तृतीय हुने टिमले सात हजार ५०० रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै भेट्रान तर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा विजेताले ३० हजार, द्वितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले गर्ने बताइएको छ ।

चार वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता झापामा गरिँदै आएको र एक वर्ष कोभिडका कारण प्रतियोगिता हुन नसकेको आयोजक समितिका कार्कीले बताए । यो वर्ष पुरस्कारको राशिसमेत वृद्धि गरिएको जनाइएको छ ।

प्रतियोगितामा झापासहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता बिर्तामोड ३ स्थित मेहरमान बहुउद्देश्यीय कवर्ड हलमा आयोजना गर्न लागिएको हो । स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ अनारमनीका अध्यक्ष घिमिरेले बताए ।

सम्बन्धित खबर