२०८१ माघ २, बुधवार , १०:३५:२९ बजे

Sajhamanch
'

बालसेवाका २८ स्काउट विद्यार्थी दीक्षित

शुक्रवार, फागुन २६, २०७९

शिवसताक्षी । झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभूत विद्यालयको २८ जना स्काउट विद्यार्थी दीक्षित भएका छ्न ।आज विद्यालय  प्राङ्गणमा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो ।

विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्किको अध्यक्षता तथा नगर उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । विद्यालयका स्काउटर शिक्षक सन्तोष खत्रीका अनुसार ३२ जना विद्यार्थीहरु दीक्षित भएका छन् । उनले भने–सातामा प्रत्येक शुक्रबार गरी २४ सातासम्म आयोजित तालिममा सहभागि भएपछि उनीहरुलाई दीक्षित गराइएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी नगर उपप्रमुख कार्कीले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएकोले सबै दिक्षीत बिद्यार्थीहरु मर्यदित भएर लाग्न अनुरोध गरिन । उनले नेपालको प्रजातन्त्रको उदयपछि देशभर शैक्षिक जागरणका निम्ति स्काउटको स्थापना भएको र त्यस मार्फत जागरणका अभियानले प्रभावकारी काम गरेको समेत बतााउँदै आगामी बजेट्मा स्काउट्को लागि पनि नगरको तर्फबाट आर्थिक सहयोग गर्ने बताइन् ।

२००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिका मार्फत सञ्चालन हुने गरी व्यवस्था भएको शिवसताक्षी स्काउट सम्योजक डिगम पराजुलीले जानकारी दिए । उनले भने नगरपालिकाले स्काउट गतिबिधी सन्चालन गर्न बजेट बिनियोजन गर्न अग्रह गरे ।

उक्त बिधयलयका स्काउट संरक्षक तथा प्रअ बेनु प्रसाद कार्कीले स्काउटिङले शैक्षिक गतिविधि र्माफत विधार्थीहरूलाई देशभक्त र वफदार बनाउदै लैजाने बताए । उनले स्काउट मार्फत राष्ट्रिय दल ,धर्म र जातजाति आदि विभेदबाट टाढा रहेर शैक्षिक आन्दोलन गर्ने शक्ति भएको बताए ।

कार्यक्रममा झिलझिले माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुङ्गना, बालसेवा आबि का सल्लाहकार सम्योजक जीतेन्द्रराज चेम्जोङ्ग, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन स्काउट शिक्षक सन्तोष खत्रीले गरेका थिए ।

सम्बन्धित खबर