२०८१ मंसिर ९, आइतवार , ०९:४१:४२ बजे

Sajhamanch
'

नारी दिवसमा शिवसताक्षीका पूर्व उपप्रमुखसहित १३ जना सम्मानित

बुधवार, फागुन २४, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ ।

आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी उक्त महिलाहरुलाई सम्मान गरेको हो ।

नगरपालिकाले शिवसताक्षी नगरपालिकाकी पूर्व उपप्रमुख भोजकुमारी नेपाल र शिवसताक्षी १० की बृदादेवी बराललाई सम्मान गरेको हो ।

नेपाललाई महिला आन्दोलन र महिलाहरुको हक हितका लागि लामो समय काम गरेको र बराललाई साधाना तथा आध्यमिक क्षेत्रमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।


उनीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलेसम्मान पत्र प्रदान गरेका थिए ।

नारी दिवसको अवसरमा शिवसताक्षी नगरका ११ वटै वडाका एक÷एक जना श्रमिकमहिलाहरुलाई छनोट गरी ११ जना महिलाहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुने श्रमिक महिलाहरुमा लक्ष्मी माझी, पार्वता हस्ता, दिलमाया कामी, सोमी मुर्मु, तारा ताजपुरिया, पूर्णदेवी ताजपुरिया, अप्सना तामाङ्ग, सुनिता हस्ता, होयादेवी दुलाल,सीम गिरी र कमला राई रहेका छन् ।
कार्यक्रममा ११ वटै वडाका एक एक जना सहभागी गराई बक्तृत्व कला प्रतियोगिता समेत गराइएको थियो ।

बक्तृत्व कलामा शिवसताक्षी नगरपालिका वडा नं. ८ की समिक्षा तिम्सिनाले प्रथम स्थान हासिल गरेकी छिन् । त्यस्तै वडा नं. ४ की कल्पना चम्लागाई दोस्रो, वडा नं. ९ की सवनम पोख्रेल तेस्रो र वडा नं. १ की संगीता सुवेदीले सान्तवा स्थान हासिल गरेकी छिन् । उनीहरुलाई शिवसताक्षी नगरपालिका बालबालिका शाखाले नगद सहित पुरस्कृत गरेको छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले हाम्रो नगरपालिकाका श्रमिक महिलाहरुको हक र अधिकारका लागि हामी महिलाहरु एक भएर लडाई लडिरहेको बताइन् । आज नगरका ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेर उत्कृष्ट काम गरेको बताइन् । महिलाहरु पनि पुरुष सरह काम गर्न सक्छन् उनीहरुलाई अवसरको खाँचो छ ।

त्यस्तै नगरप्रमुख मेगाहाङ्ग थोप्राले महिलाहरुले ठुला–ठुला काम गर्न सक्दैनन् भन्ने मानसिकताबाट बाहिर आउनु पर्ने बताए । एउटी महिलाले घर व्यवहार धानेर बाहिर पनि पुरुष सरह काम गरेको हामीले धेरै उदाहरण देखेका छौं । तर हामी त्यसलाई सम्मान गर्न सक्दैनौं । अब पुरुष साथीहरुले पनि महिलाहरुलाई हेप्ने होइन। उनीहरुलाई अवसर, आँट हिम्मत दिनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा स्काउटका विद्यार्थीहरुले नृत्य तथा घरमा प्रयोेग हुने सिलिण्डर ग्यासबाट ग्याक लिक भएर आगो लागेरमा त्यसको समाधानको उपाय सिकाएका थिए । विशेष महिला दिदी बहिनीहरुले भान्सामा काम गर्नृ पर्ने भएकाले ग्यास लिक भएर लाग्ने आगो लाई निभाउने तरिका बताएका थिए ।

सम्बन्धित खबर