कनकाई । कनकाई माविको खेल मैदानमा शनिबार सम्पन्न खेलमा एकता महिला फुटबल क्लव चारपानेलाई ४—० को गोल अन्तरले पछि पार्दै भद्रपुर महिला फुटबल क्लव विजयी बनेको छ ।
जितको लागि भद्रपुरकी जर्सी नं. ११ की खेलाडी एलिना लिम्बूले खेलको २७औं मिनटमा र ५५औं मिनटमा गोल गरिन् । त्यस्तै जर्सी नं. २७ कि खेलाडी पूर्णिमा राईले खेलको ३७औं मिनटमा र जर्सी नं. ८ कि रितिका थापाले ५३औं मिनटमा गोल गर्दै भद्रपुरलाई ४–० गोल अन्तरले जित निकालेका हुन् ।
प्रतिायोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेकी भद्रपुरकी खेलाडी एलिना लिम्बू प्लेयर अफ दि म्याच घोषित भइ पुरस्कारवापत नगद २ हजार प्राप्त गरिन् ।
पहिलो चरणको खेल सम्पन्न गर्दै झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता आजदेखि सेमी फाइनल चरणमा प्रवेश गरेको छ ।
आइतबारबाट सेमीफाइनल चरणको खेल शुरु हुने आयोजकले जनाएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजना एवं कनकाई नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको छ ।