२०८१ कार्तिक २४, शनिवार , ०३:३३:३६ बजे

Sajhamanch
'

प्रदेशको नामकरण प्रक्रिया सुरु, सडकमा विरोध रोक्न प्रसाशनको निषेधाज्ञा

बुधवार, फागुन १७, २०७९

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशसभाले आज बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सम्वेदनशिलतालाई ख्याल गर्दै निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशको नाम कोशी राख्न नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमत छन् । दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरु नगर्न आग्रह गरेको छ । प्रदेशको नामकरणको तयारी भएपछि प्रदेशका सबै जिल्ला प्रहरीले सतर्कता अपनाएको छ । अन्य क्षेत्रबाट प्रदेश राजधानी आउने सवारी जाँचमा पनि प्रहरीले कडाइ गरेको छ ।

यसैबीच, नेपाली कांग्रेसले कोशी प्रदेशका लागि प्रस्तावक रामकुमार रानालाई समर्थन गरेको भए पनि समर्थन फिर्ताका लागि फेरि निवेदन दर्ता गरेको बुझिएको छ । नेकपा माओवादी केन्द्रले समर्थन नगरेको भनी कांग्रेसले समर्थन फिर्ताको निवेदन दर्ता गराएको बताइएको छ । यद्यपी माओवादी केन्द्रले बैठक नै बसेर कोशी प्रदेशलाई समर्थन गर्ने सार्वजनिक भइसकेको छ ।

सम्बन्धित खबर