२०८१ मंसिर ९, आइतवार , ०६:५४:४१ बजे

Sajhamanch
'

बिर्तामोड नगरपालिकाः दोश्रो नगरसभाको दोश्रो अधिवेशन सम्पन्न

सोमवार, फागुन १५, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना अनुमोदन गरेको छ । आज दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो ।

अधिवेशनका सभाध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसँगै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रस्तुत गरेका प्रस्तावहरु माथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका हुन् ।

अधिवेशनले संगठन तथा व्यवस्थापन प्रतिवेदन (संशोधन), आर्थिक वर्ष २०७९/८०का लागि स्वीकृत योजना तथा कार्यक्रम (संशोधन), आर्थिक वर्ष २०७९/८० को लागि स्वीकृत आर्थिक ऐन (संशोधन), शिक्षा ऐन २०७९ संशोधन गर्न बनेको विधेयक २०७९ र लेखा समिति गठन प्रस्ताव पारित गरेको हो ।

नगरसभाको दोश्रो अधिवेशनमा वडा नम्बर ७ का वडासदस्य हेमलता विक, वडा नम्बर ६ का वडासदस्य खेम अधिकारी र वडा नम्बर ५ का वडासदस्य दुर्गा शिवाकोटीले आ–आफ्नो वडाका समस्याका बारेमा भनाई राखेका थिए ।

सदस्यहरुले राखेका जिज्ञासा तथा समस्याहरुको बारेमा नगरप्रमुख प्रसाईले सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नगरसभाभन्दा अघि नै वडामा रहेका समस्या तथा गर्नुपर्ने कामहरुको विवरण संकलन गरेर पेश गर्न आग्रह गरेकी थिइन् ।

अधिवेशनमा टेवल भएका प्रस्तावहरुको औचित्यका बारेमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले प्रकाश पारेका थिए ।

सम्बन्धित खबर