२०८१ असोज २, बुधवार , ०६:४९:५२ बजे

Sajhamanch
'

एमरेल्ड एकाडेमीमा स्थापना दिवस भब्य

आइतवार, फागुन ७, २०७९

भद्रपुर । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीको ३६औं स्थापना दिवस तथा अभिभावक उत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयका संस्थापक प्रिन्सिपल प्रा. डा. पृथ्वीविक्रम राईले वार्षिक गतिविधिसहित आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै झापाकै उत्कृष्ट विद्यालयका रूपमा शिक्षण सेवा प्रवाह गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । विद्यालयका प्रिन्सिपल दिगम्बरराज अधिकारीले शैक्षिक गतिविधि प्रस्तुत गर्दै बालमैत्री वातावरणमा उत्कृष्ट शिक्षण सेवा प्रवाह गरिरहेको प्रष्ट पारे ।

विद्यालयकी छात्रा प्रतिमा अधिकारीले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, विद्यालयका पूर्व विद्यार्थी डा. अमर कपुरी लगायतले धारणा राख्दै एमरेल्ड एकाडमीले भद्रपुरमा रहेर झापाको गुणस्तरीय शिक्षणमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

विद्यालयमा अध्ययनरत विभिन्न विधाका उत्कृष्ट छात्र छात्रालाई पुरस्कृतसमेत गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातीय संस्कृति झल्कने नृत्यसमेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर