२०८१ माघ ५, शनिवार , १२:२०:५७ बजे

Sajhamanch
'

नेपाली भाषामा तयार ‘श्रीमद्भागवत महापुराण’ एमाले अध्यक्ष ओलीद्वारा लोकार्पण

सोमवार, फागुन १, २०७९

झापा । चन्द्रप्रसाद घिमिरेद्वारा नेपालीमा अनुदित श्रीमद्भागवत महापुराणको आज विमोचन गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

शिवसताक्षीस्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी जनजातिहरुले आयोजना गरेको सांस्कृतिक महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् ।

संस्कृत भाषामा लिखित श्रीमद्भागवत महापुरण जस्ताको त्यस्तै नेपालीमा अनुवाद गरेर ‘सचित्र भाषा टीकामा’ प्रकाशन गरेको लेखक घिमिरेले जानकारी दिए । यसरी श्रीमद्भागवत महापुरण नेपाली भाषामा उल्था गरिएको यो नेपालमै पहिलो पुस्तक हो ।

संस्कृत भाषा सबैले नबुझ्ने, संस्कृत भाषा पढे पनि धेरैले त्यसको अर्थ नबुझ्ने र वर्तमान पुस्तामा संस्कृत भाषाप्रति रुचि घट्दै गएको सन्दर्भमा यसको महत्व र अर्थ बुझाउने उद्देश्यले यो काम गरिएको उनको भनाई छ ।

हिन्दूु समाजका लागि एकदमै आवश्यक धार्मिक पस्तकहरु मध्येको श्रीमद्भागवत भागवत महापुराण शिरोमणि भएका कारण पनि नेपालीमा श्लोक बनाएर लेखेको घिमिरेको भनाई छ ।

लेखक घिमिरेका अनुसार १४५० पृष्ठको सो पुस्तक तयार गर्न झण्डै ३ वर्ष समय लागेको थियो । पुस्तक प्रकाशन गरेपछि यसको बजार मूल्य १ हजार ५१५ रुपैयाँ राखिएको उनले बताए ।

पुस्तक विमोचन कार्यक्रममा पुस्तक तथा लेखकको बारेमा पण्डित प्रकाशचन्द्र रिजालले संक्षिप्त जानकारी गराएका थिए ।