२०८१ असोज ३, बिहिवार , ०९:५६:०० बजे

Sajhamanch
'

‘प्रदेश खारेजीको माग परिवर्तन विरोधी भावना हो’ : मुख्यमन्त्री कार्की

शनिवार, माघ २८, २०७९

भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आवश्यक छैन भन्ने विचार परिवर्तन विरोधीहरु भावना रहेको जिकिर गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी झपाको ४९औं वार्षिक सभालाई भद्रपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले युगानुकुल परिवर्तित व्यवस्थाका रूपमा रहेको प्रदेशको संरचना खारेजको माग गर्नेहरू पश्चगामी सोच भएको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरण गर्न नसकेकोमा लाजमर्दो भए पनि अब छिट्टै नाकामरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रदेश सरकार नेपालका लागि नयाँ संरचना रहेका कारण भौतिक पूर्वाधार निर्माणमा केही पछि रहेको बताउँदै प्रदेशको उन्नतिमा आफू प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री कार्कीले रेडक्रसजस्तो मानवीय सेवाको पवित्र निकाय राजनीतिक खिचतानीमा पर्न नहुने भन्दै मुद्धामाथि मुद्धा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने सुझाव दिए । उनले नेपाल रेडक्रस कै उत्कृष्ट शाखाको पहिचान बनाएको झापा रेडक्रसको उन्नतिका लागि प्रदेश सरकारले सहकार्य गर्नेसमेत बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको अध्यक्षता तथा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न पुरस्कार र सम्मानहरु प्रदा नगरिएको छ ।

जसअनुसार रेवतीरमण स्वयमसेवा पुरस्कारबाट उत्कृष्ट रेडक्रसकर्मी पूर्व उपसभापति दिव्यप्रसाद भूर्तेल, पूर्वमन्त्री नारायण ढुंगाना र तुलसी काफ्ले नगद ११ हजारसहित पुरस्कृत भएका छन् ।

यस्तै उत्कृष्ट रक्तदाता सम्मानबाट बिर्ता लेडी जेसीज, तेरापुञ्ज युवा परिषद र विराट–अर्जुन उपभोक्ता सहकारी संस्था सम्मानित भए । रेडक्रसकर्मी कै रूपमा रहेकी लख्खीदेवी गणेश प्रदेशसभा सदस्य निर्वाचित भएकोमा उनलाई पनि सम्मान गरिएको छ ।

सम्बन्धित खबर