२०८१ माघ २, बुधवार , १०:४८:१२ बजे

Sajhamanch
'

अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि हिमायन इङ्गलिस एकाडेमीलाई

शुक्रवार, माघ २७, २०७९

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा सञ्चालित दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू–२०)को उपाधि हिमायन इङ्गलिस एकाडेमीले जितेको छ ।

बिहीबार सम्पन्न फाइनल खेलमा धुलाबारी माविलाई २–१ सेटमा पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो । उपाधिसँगै हिमालयनले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिताको उपविजेता धुलाबारी माविले नगद १० हजार रुपैयाँमा चित्त बुझायो ।

कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, विशिष्ट अतिथि हिमालयन इङलिस एकाडेमिका प्रिन्सिपल जगतबहादुर तामाङ्ग, मेचीनगर कार्यापालिका सदस्य तथा भौतिक योजना तथा पूर्वाधार संयोजक चित्र धिमाल, धुलाबारी मावि व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष गणेश विक्रम नेम्बाङ, रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर क्षेत्री (कपिल) लगायतले विजेता र उपविजेता टिमका खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

मेचीनगर १० स्थित हिमायन इङ्गलिस एकाडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा मेचीनगरका १२ वटा विद्यालयले प्रतिष्पर्धा गरेका थिए । रोटरी क्लब अफ मेचीनगर अध्यक्ष अनन्तप्रकाश वस्तीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको सञ्चालन सचिव कृष्ण काफ्लेले गरेका थिए ।

सम्बन्धित खबर