२०८१ असोज ३, बिहिवार , ०६:४९:३७ बजे

Sajhamanch
'

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत, मुख्यमन्त्रीमा शाह नियुक्त

बिहिवार, माघ २६, २०७९

झापा । नागरिक उन्मुक्ति पार्टीले विश्वास मत दिन अस्वीकार गरेपछि सुदूर पश्चिममा एमाले नेतृत्वको सरकार ढलेको छ ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् ।

पुस २७ मा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको थियो । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।

रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्श थालेका छन् ।

सत्तारुढ गठबन्धनभित्र किचलो बढेपछि पहिलोपल्ट त्यसको नकारात्मक असर सुदूर पश्चिम सरकारमा परेको हो ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

भर्खरै मुख्यमन्त्रीमा नियुक्त शाहले भोलि शुक्रबार पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संविधान बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाह नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले पनि सरकार जोगाउन नागरिक उन्मुक्ति पार्टीको मत पाउन अनिवार्य छ ।

सम्बन्धित खबर