२०८१ पौष २६, शुक्रवार , ०८:०९:५३ बजे

Sajhamanch
'

अर्पण शर्माले अरनिको माविमा जन्मदिन मनाए, विद्यालयलाई ५१ हजार सहयोग

मङ्गलवार, माघ २४, २०७९

भद्रपुर । तीब्र स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरेका (मेमोरी किङ) उपनामले परिचित अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयको उन्नतिका लागि भन्दै नगद ५१ हजार सहयोग प्रदान गरेका छन् ।

शर्माले भद्रपुर ३ स्थित अरनिको माविमा अध्ययनरत कक्षा ६ देखि १० का बालबालिकाहरुलाई आवश्यक विद्यालय पोशाक तथा ब्याग प्रदान गर्न विद्यालय परिवारलाई नगद ५१ हजार सहयोग गरेका हुन् ।

शर्माले आफ्नो जन्मदिन विद्यालयसँग जोडिएर मनाउने सन्दर्भमा करिब ३ घण्टा त्यहाँ अध्ययनरत बालबालिकाहरुलाई स्मरण शक्ति अभिवृद्धि तालिम पनि सञ्चालन गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई सहायक प्रधानाध्यापक. वेदप्रसाद घिमिरेले शाब्दिक स्वागत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले शर्मालाई जन्मदिनको शुभकामना दिँदै शैक्षिक रुपान्तरणमा आधुनिक शैक्षिक विधि र पद्धतिको स्थापित मान्यतामा उनले पुर्याएको योगदानको प्रसंशा गरे ।

सम्बन्धित खबर