२०८१ असोज ३, बिहिवार , ०६:१५:०१ बजे

Sajhamanch
'

एक घर एक सदस्यको अभियानमा सिम्रिक साकोस, तरलता साढे १६ प्रतिशत

शुक्रवार, माघ २०, २०७९

झापा । आफ्नो स्वीकृत कार्यक्षेत्रमा एक घर एक सदस्यको अभियान लिएर अघि बढिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा ५६ हजार ७४९ जना शेयर सदस्य पुर्याएको छ । जसबाट संस्थाको चुक्ता शेयर पुँजी ३१ करोड ४५ लाख एक हजार ७०० रुपैयाँ जम्मा भएको आज जारी संस्थागत वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

चालू आर्थिक वर्षको अर्धवार्षिक कारोबार सम्पन्न हुँदा संस्थाले एक अर्ब २८ करोड ६४ लाख ४९ हजार ८४१ रुपैयाँ निक्षेप मौज्दात गरेको छ भने आफ्ना १५ हजार ६४१ जना शेयर सदस्यहरुमाझ २ अर्ब ४४ करोड १९ लाख ७९ हजार ६४५ रुपैयाँ कर्जा लगानी गरेको पाइएको छ ।

झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र विस्तार गरिएको सिम्रिक साकोसका हाल विभिन्न स्थानमा ४९ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको समस्या सुनिरहेको वर्तमान अवस्थामा पनि सिम्रिक साकोस १६ दशमलव ५१ प्रतिशत तरलता संचय गरेर बस्न सक्षम रहेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेत सुनाउँछन् । पल्सको मापदण्ड अनुसार १० प्रतिशत हाराहारी तरलता संस्थाको प्रगतिका लागि पर्याप्त हुन्छ ।

पुस मसान्तमा सिम्रिक साकोसको वासलात २ अर्ब ७५ करोड ९५ लाख ९२ हजार ५३२ रुपैयाँको पुर्याइएको छ भने कूल संस्थागत पूँजी ४ करोड ८४ लाख २१ हजार ८१० को रहेको तथ्याङ्कमा उल्लेख छ । सहकारी संस्थाको मेरुदण्डका रुपमा लिइने जगेडा कोषमा ४ करोड ४८ लाख ७६ हजार ४९९ रुपैयाँ तथा अन्य कोषहरु १४ करोड ४७ लाख २९ हजार ६१० रुपैयाँको बनाइएको छ ।

संस्थाको यही मजवुत मेरुदण्डका कारण बचत तथा ऋणको कारोबार गर्दै राहत सुविधामा आवद्ध शेयर सदस्यलाई उपचार खर्च, मृत्यु राहत तथा मृत्यु कर्जा मिनाहा गरिँदै आएको छ । सेयर सदस्य वा निजको परिवारलाई अस्पताल बसेर गरिने उपचारमा लागेको खर्चको आधारमा नीति अनुरुप राहत रकम प्रदान गर्ने गरिएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेत बताउँछन् ।

सोही अनुरुप गत पौष र माघ महिनाको हालसम्ममा संस्थाले १३१ जना शेयर सदस्यहरुलाई राहत रकम र कर्जा मिनाह कार्यक्रम अन्तर्गत १६ लाख १० हजार १८२ रुपैयाँ बराबरको सुविधा प्रदान गरेको छ । यस्तै, सोही अवधिमा संस्थाका ३५ जना शेयर सदस्यको मृत्यु भएकोले संस्थाको तर्फबाट श्रद्धाञ्जली, समवेदना तथा मानोचामलसहित काजकिरिया खर्च लिएर घरघरमा पुगेको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।

सम्बन्धित खबर