२०८१ माघ ३, बिहिवार , ०१:१५:४४ बजे

Sajhamanch
'

नेपाल–भारत सीमानामा कमलनगर जेसीजको लागुऔषध सम्बन्धी चेतनामुलक कार्यक्रम

मङ्गलवार, माघ १७, २०७९

गौरीगञ्ज । कमल नगर जेसीजले देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसारपसारलाई मध्यनजर गर्दै आज गौरीगञ्जमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

विशेषगरी युवा पुस्ताहरुलाई लक्षित गरी गौरीगञ्ज गाउँपालिका वडा नं. ५ को फत्तेपुरमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा कार्यक्रम गरिएको हो । कार्यक्रममा कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिकाका वडाध्यक्ष केदार कट्वालले प्रदेश १ मा लागुपदार्थ सेवन र ओसारपसार विकराल रुपमा बढ्दै गएकोले यस्तो चेतनामुलक कार्यक्रम आवश्यक भएको बताए । लागु पदार्थको सेवनले भविष्यमा युवा पुस्ता समाज र देशको लागि असक्षम हुने भएकाले लागुपदार्थ सेवनबाट टाढा रहेर सचेत नागरिक भई यसलाई न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए ।

यस्तै, ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख जितेस दाहालले लागुपदार्थ सेवन तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न ब्युरो पनि खडा गरेको जानकारी दिँँदै यस कार्यलाई नियन्त्रण गर्न प्रहरी कडा रुपमा लागिपरेको बताए ।

प्रदेश १ लागुऔषधका लागि रेडजोनमा परेको बताउँदै पछिल्लो समयमा झापा लागुऔषधको लागि पहिलो नम्बरमा रहेकोले यहाँका बासिन्दाहरुले पनि यस कुरामा चासो दिनुपर्ने, समुदायमा लागुऔषध सेवन गर्ने कोही व्यक्ति बारेमा आफु जानकार भएमा प्रहरीलाई सूचना दिएमा मात्र यसलाई न्यूनीकरण गर्न सकिने दाहालको भनाई छ ।

सो कार्यक्रममा गौरीगंञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपानेले खुल्ला सिमानाका कारण पछिल्लो समय लागुऔषधको कुलतमा युवायुवती फस्ने गरेकोले समाज बिग्रँदै गएकोले सबै मिलेर यसलाई न्यूनीकरण गर्नुपर्ने औंल्याइन् ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय केर्खाका प्रहरी नायब निरीक्षक सुवास मिश्रले लागुपदार्थको सेवनले दैनिक जीवन, आर्थिक पक्ष, स्वास्थ्य माथि नराम्रो असर पर्ने भएकोले यसको सेवन नगर्न आग्रह गरे । पक्राउ गरिएका लागुपदार्थ दुव्र्यसनीसँग सोधपुछ गर्दा धेरैजसो सीमा क्षेत्रबाट लागुऔषधको ओसारपसारको कारोबार हुने पाइएकाले त्यस्ता शंकास्पद व्यक्ति देखिएमा प्रहरीलाई जानकारी गराउन उनले आग्रह पनि गरे ।

कमलनगर जेसीज वर्ष २०२३ अध्यक्ष रिजु कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा जेसीजका कोषाध्यक्ष कमला दाहालले जेसीज आस्था वाचन गरेकी थिइन् । त्यस्तै कार्यकारिणी उपाध्यक्ष तीर्थ पौड्यालले स्वागत मन्तव्य राखेका थिए भने महासचिव हरि अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर