२०८१ मंसिर १०, सोमवार , ०३:१९:३६ बजे

Sajhamanch
'

सांसद साँवाले झापा गापाका दुई विद्यालयका ११ विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै

बिहिवार, माघ १२, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी साँवाले क्षेत्र नं. ४ का दुई विद्यालयका डिल्ली राज माविका ५ जना त्रिभुवन माध्यमिक विद्यालयका ६ जना गरी ११ जनाको सम्पूर्ण जिम्मेवारी लिएका छन् ।

सामुदायिक विद्यालयमा शैक्षिकका लागि कुनै खर्च नलाएपछि विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, विद्यालय पोशाक आदिको प्रबन्ध सांसद साँवाले मिलाइदिने भएका हुुन् । सांसद साँवाले कमजोर आर्थिक अवस्था भएका बालकालिकाहरुलाई विद्यालयमा आएर अध्ययन गर्ने बातावरणका लागि आफुले उक्तका विद्यालयमा अध्ययन गर्ने ११ जना विद्यार्थीहरुको एस इइ सम्मको पढाईको निम्ति सम्पूर्ण जिम्मा लिएको बताए ।

उनले आफुले सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीको चासो लिएको बताए ।
सामाजिक क्षेत्रमा उतिकै सक्रिय साँवाले विद्यालय भर्ना अभियानका क्रममा झापाको गाउँपालिकाका विद्यालयमै पुगेर विद्यार्थीहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

सम्बन्धित खबर