बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड लेडीले लायन्स क्लवका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर गुरूकुलका बटुकहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
मेल्भिनको १४४ओै जन्मजयन्ती अवसरमा बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित हरिहर आश्रममा अध्ययनरत बटुकलाई ज्याकेट वितरण गरेको हो ।
सस्थाको अध्यक्ष नम्रता रिजाल ढकालको अध्यक्षतामा तथा बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एरिया प्रमुख सत्यनारायण शर्मा, गुरुकूलको अध्यक्ष दाताराम तिम्सिनाले मन्तब्य राखेका थिए।
कार्यक्रममा स्थानीय अभिभावक, लायन्स क्लब अफ स्मार्ट लेडीका अध्यक्ष पार्वता गिरी, लायन्स क्लब अफ बिर्तामोड लेडीका सदस्यहरुको उपस्थिति थियो ।
इन्दिरा खरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका प्रथम उपाध्यक्ष निरू ओलीले गरेकी थिइन् । कार्यक्रमको ओैचित्यमाथि रिजन चियर पर्सन उर्मिला खरेलले प्रकाश परेकी थिइन् ।