काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट घिमिरेले शपथ लिएका हुन् ।
शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।
सपथग्रहण पछि आज नै सभामुखको कार्यकक्षमा गएर पदबहाली गर्ने कार्यसूचि रहेको जनाइएको छ ।