२०८१ असोज ३, बिहिवार , ०६:३१:५५ बजे

Sajhamanch
'

‘प्रदेशमा मन्त्रालयको संख्या घटाउँदै मन्त्रीको कार्यविभाजन गरिने’ : मुख्यमन्त्री कार्की

बिहिवार, माघ ५, २०७९

मोरङ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग भेटघाटमा हालसम्म बिना विभागीय रहेका सबै मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने जानकारी दिएका हुन् ।

“बिना विभागीय मन्त्रीका रूपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्नुहुने छ” मुख्यमन्त्री कार्कीको भनाई छ । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठकले हाल कायम रहेको मन्त्रालयको सङ्ख्या घटाउने निर्णयानुसार अहिले मन्त्रालयको नामलाई अन्तिम रूप दिने काम भइरहेको पनि बताएका छन् ।

मन्त्रालय घटे पनि पनि चालु आर्थिक वर्षको मन्त्रालयगत बजेटमा कुनै समस्या नहुने मुख्यमन्त्री कार्कीले प्रष्ट पारेका छन् । प्रदेश १ मा सातजना मन्त्री बिना विभागीय छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल १३ मन्त्रालय रहेका छन् ।

सम्बन्धित खबर