२०८१ माघ १३, आइतवार , ०८:३०:१९ बजे

Sajhamanch
'

रारा राष्ट्रिय म्यूजिक अवार्ड प्रदान

बिहिवार, माघ ५, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरेकी छन् । सङ्गीतकार तथा गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक तथा सङ्गीतकार संस्कृतिविद् नन्दकृष्ण जोशी र समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भएका हुन् ।

कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रालिद्वारा काठमाडौंको सभागृहमा आयोजित रारा राष्ट्रिय म्यूजिक अवार्ड– २०७९ मा उक्त सम्मान गरिएको हो । उक्त कार्यक्रममा विविध मौलिक प्रस्तुतिहरूको साथै गीत सङ्गीतका ४७ विधाका विजेताहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मौलिक कला संस्कृति र कलाकारहरू प्रति सधैं सम्मान तथा सहयोग रहने बताइन् । अवार्ड कार्यक्रमको अध्यक्षता पदम रोकायले गरेका थिए ।